काठमाण्डौ । पहेँलो धातु सुनको भाउ यो वर्षकै सर्वाधिक उचाईमा पुुगेको छ । यो दिन सुन प्रति तोला ५८ हजारको उचाईमा पुुगेको हो । 

फागुन महिनाको सुरुवातदेखि नै सुनको भाउ बढिरहेको थियो । फागुन १ गते सुन प्रतितोलाको ५७ हजार रुपैयाँमा किनबेच भएको थियो । त्यसपछि निरन्तर बढिरहेको मूल्य शुक्रबार ५८ हजारको उचाईमा पुुगेको हो । 

फागुन २ गते सुन प्रतितोलाको ५७ हजार ४ सय र फागुन ३ गते ५७ हजार ९ सयको उचाईमा पुुगेको थियो । बिहीबारको भन्दा प्रतितोलामा सुनको भाउ १ सय रुपैयाँले वृद्धि भई ५८ हजार कायम भएको हो । 

२०७४ सालमा कुनै पनि दिन सुनको भाउ प्रतितोला ५८ हजारको उचाईमा पुुगेको थिएन । 

कुन महिनाको सर्वाधिक भाउ कति ?
यो वर्षको बैशाख ३, ४ र ६ गते सुनको भाउ प्रतितोला ५५ हजार ७ सय रुपैयाँ रहेको थियो । जेठमा २४ गते महिनाको सर्वाधिक ५५ हजार ६ सय पुुगेको थियो भने असार १ गते त्यो महिनाकै महंगो ५४ हजार ७ सय कायम भएको थियो । साउन २६ गते सो महिनाकै महङ्गो ५४ हजार ९ सयमा कारोबार भएको सुन भदौमा भने २३ गते महिनाकै महङ्गो ५७ हजार ८ सयमा कारोबार भएको थियो । असोजमा सो महिनाकै महङ्गो १० गते भएको थियो । त्यो दिन सुनको भाउ प्रतितोला ५७ हजारको उचाईमा पुुगेको थियो । कात्तिकमा १ गते त्यो महिनाकै महङ्गो ५६ हजार १ सय कायम भएको थियो । 

मंसिर महिनामा ४ गते महिनाकै सबैभन्दा बढी ५६ हजार ४ सय प्रतितोलामा सुनको किनबेच भएको थियो भने पुस महिनामा ३० गते सो महिनाकै उच्च ५७ हजार भाउ कायम भएको थियो । माघमा भने २३ गते महिनाकै उच्च ५७ हजार ८ सय पुुगेको थियो । 

किन बढिरहेको छ भाउ ?
सुनको भाउ अन्तर्राष्ट्रिय बजारमै बढिरहेको छ । त्यहाँ सुनको भाउ प्रति औंस १३६०.४० डलर पुगिसकेको छ । फेब्रुुअरी १५ र १४ मा अन्तराष्टिय बजारमा सुनको भाउ प्रति औंस क्रमशः १३५५.३० र १३५८.२० डलर रहेको थियो । फेब्रुुअरी १ मा सुनको भाउ प्रतिऔंस १३४७.३० डलर रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तराष्ट्रिय बजारमा भाउ बढिरहेका कारण त्यसकै प्रभावले नेपाली बजारमा समेत भाउ अचाक्ली बढिरहेको हो ।