काठमाण्डौ । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ८०० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९९ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ पुगेको छ। हिजो भाउ स्थिर रहँदै चाँदी तोलाको १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।