काठमाण्डौ । नेपाली बजारमा सुनको भाउमा मंगलबार सामान्य बढोत्तरी भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९८ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ३०० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९८ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार २०० रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १ हजार ३४० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँ घटेर चाँदी १ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।