काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सु्नको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ८०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार २४० रुपैयाँ कायम भएको छ। गत शुक्रबार भने तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २४५ रुपैयाँमा किनबेच भएको थियो।
20 hours ago
20 hours ago
21 hours ago
21 hours ago
21 hours ago
21 hours ago
22 hours ago
22 hours ago
23 hours ago
23 hours ago