काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार १५५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार १६५ रुपैयाँमा किनबेच भएको थियो।
10 minutes ago
33 minutes ago
31 minutes ago
54 minutes ago
59 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago