काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९६ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ४०० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९६ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको छ।
आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर १ हजार २४० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार २०५ रुपैयाँमा किनबेच भएको थियो।
11 minutes ago
13 minutes ago
19 minutes ago
41 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago