काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९१ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार रुपैयाँ कायम भएको छ। 

लगातार ५ दिनदेखि सुनको भाउ ओरालो लागेको छ। हिजो बिहीबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। समग्रमा यो साताभरि सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ। 

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार १७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार १८० रुपैयाँमा कारोबार भएको छ। समग्रमा यो साताभरि चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेको छ।