काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९३ हजार रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ५०० रुपैयाँ कायम भएको छ। 

हिजो बिहीबार सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार १७० रुपैयाँ कायम भएको छ। हिजो तोलाा २५ रुपैयाँले बढेर चाँदी १ हजार १७० रुपैयाँ किनबेच भएको थियो।