काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ फेरि ९५ हजार रुपैयाँ माथि उक्लेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकैदिन सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोल फाइन गोल्ड ९५ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ९०० रुपैयाँ कायम भएको हो। 

हिजो मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।