काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ फेरि उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९८ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ७०० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेर १ हजार ३२५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २९५ रुपैयाँमा किनबेच भएको थियो।