काठमाण्डौ । नेपाली बजारमा बुधबार पनि सुनको भाउ उकालो लागेका छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९८ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ९०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९८ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ७०० रुपैयाँ कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३० रुपैयाँले बढेर १ हजार ३२५ रुपैयाँमा किनबेच भएको थियो।