काठमाण्डौ । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ७०० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार ५०० रुपैयाँ र तेजाबी ९७ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर १ हजार २८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago