काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ फेरि १ लाख रुपैयाँ नाघेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुनको भाउ उकालो लाग्दै १ लाख रुपैयाँ नाघेको हो। 

आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ८०० रुपैयाँ कायम भएको छ। 

गत वर्ष फागुन २५ गते सुनको भाउले नयाँ कीर्तिमान बनाएको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो। 

हिजो बिहीबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९९ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार २०० रुपैयाँमा किनबेच भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।