काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउ स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४ हजार रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा २० रुपैयाँले घटेर १ हजार ३५५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।