काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ फेरि उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३५५ रुपैयाँमा किनबेच भएको थियो।
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago