काठमाण्डौ । बहुमूल्य पहेँलो धातु ‘सुन’ अन्तर्राष्ट्रिय बजारमा ८ महिनायताकै उच्च मूल्यमा कारोबार भएको छ।
अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो साता सुनको भाउ ८ महिनायताकै उच्च मूल्यमा कारोबार भएको हो। कम उत्पादन र डलर कमजोर बन्दा सुनको भाउ बढ्दै गएको छ।
अमेरिकी फेडरल रिजर्भका अधिकारीहरुले मुद्रास्फीतिसँग लड्न थप आक्रामक मौद्रिक नीति ल्याउने संकेत गरेसँगै सुनको भाउ फेरि उकालो लाग्न थालेको हो।
अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँ १९०० डलरको आसपासमा कारोबार भइरहेको छ। यो वर्ष प्रतिऔँस सुनको भाउ न्यूनतम २५०० डलरदेखि अधिकतममा ४००० डलरसम्म पुग्न सक्ने विज्ञहरुको अनुमान छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ४००० हजार डलरसम्म पुगेमा नेपालमा प्रतिऔँस ५ लाख १८ हजार रुपैयाँ पुग्नेछ। यो हिसाबले नेपालमा सुन तोलाको १ लाख ९५ हजार रुपैयाँको आसपास हुन आउँछ। प्रतिऔँस ३१.१ ग्राम हुन्छ भने एक सातामा ११.६६ ग्राम हुन्छ।
नेपालमा सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावबीच कायम गरिन्छ। त्यसैले नेपालको बिहानको ११ बजेको आसपास अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यलाई नै आधार मानी नयाँ मूल्य तोकिने सुनचाँदी व्यवसायी बताउँछन्। अन्तर्राष्ट्रिय बजारमा निर्धारण हुने मूल्य र नेपालमा सुन आयात गर्दा लाग्ने भन्सार शुल्कले सुनको मूल्य तय हुने उनीहरु बताउँछन्।
हाल नेपालमा सुन आयात गर्दा प्रति १० ग्राम ८ हजार ५०० रुपैयाँ लाग्छ।
त्यसैले यदि अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार डलर पुगेमा नेपालमा सुनको भाउ प्रतितोला २ लाखसम्म पुग्न सक्ने अनुमान गर्न सकिन्छ।
आज प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। हाल नेपालमा सुनको भाउ अलटाइम हाईनजिक पुगेको छ।
नेपालमा गत वर्ष फागुन २५ गते सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको थियो दिन प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो। –एजेन्सीको सहयोगमा
8 hours ago
8 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago