काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको भाउ फेरि उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४ हजार ८०० रुपैयाँ कायम भएको छ। सुनको आजको भाउ यो वर्षकै उच्च पनि हो। 

हिजो आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४ हजार ५०० रुपैयाँमा कारोबा रभएको थियो। 

गत वर्ष फागुन २५ गते सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै १ लाख ३७५ रुपैयाँमा कारोबार भएको थियो।