काठमाण्डौ । नेपाली बजारमा आइतबार सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ एकैदिन २ हजार ९०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ।
योसँगै सुनको भाउले यसअघिको उच्च रेकर्ड ब्रेक गरेको छ। यसअघि गत माघ १९ गते सुनको भाउ हालसम्मकै उच्च स्तरमा पुगेको थियो। त्यस दिन प्रतितोला फाइन गोल्ड १ लाख ७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७ हजार रुपैयाँमा कारोबार भएको थियो।
गत शुक्रबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ७ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर १ हजार ३४५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।
पछिल्लो समय अमेरिका र युरोपमा बैंकहरु धमाधम डुब्न थालेका छन्। अझै सयौँ बैंक डुब्ने खतरामा रहेका खबरहरु पनि आएको छ।
योसँगै अन्तर्राष्ट्रिय बजारका लगानीकर्ता डराएर सुरक्षित लगानीका रुपमा सुनतर्फ आकर्षित भइरहेका छन्। जसका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेको छ। योसँगै सुनको भाउ पनि बढिरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको हो।
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago