काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ फेरि अल–टाइम हाई नजिक पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ।
यसअघि गत वैशाख २१ गते सुनको भाउ हालसम्मकै उच्च स्तरमा पुगेको छ। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।
हिजो मंगलबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको भाउ भने लगातार चौथो दिन पनि स्थिर रहँदै तोलाको १ हजार ४४५ रुपैयाँ कायम भएको छ। गत आइतबारदेखि चाँदी तोलाको १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ।
30 minutes ago
39 minutes ago
44 minutes ago
58 minutes ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago