काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। लगातार ३ दिन घटेको सुनको भाउमा आज सामान्य बढोत्तरी भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर १ हजार ४५५ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँमा किनबेच भएको थियो।
10 hours ago
16 hours ago
16 hours ago
17 hours ago
18 hours ago
18 hours ago
19 hours ago
19 hours ago
21 hours ago
21 hours ago