काठमाण्डौ । यो साता कारोबारको तेस्रो दिन मंगलबार सुनको भाउ फेरि बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेको हो। यो बढोत्तरीसँगै मंगलबार प्रतितोला फाइन गोल्ड ९२ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार २६० रुपैयाँ पुगेको छ। यो नेपालकै इतिहासमा सुनको सर्वाधिक दोस्रो उच्च भाउ पनि हो।
यसअघि गत साता बुधबार सुनको भाउ नेपालकै इतिहासमा सर्वाधिक उचाइमा पुगेको थियो। उक्त दिन तोलामा ६०० रुपैयाँ बढ्दै प्रतितोला फाइन गोल्ड ९२ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ३६० रुपैयाँ कायम भएको थियो।
हिजो सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँ घटेको थियो। सोमबार प्रतितोला फाइन गोल्ड ९२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो।
यो साताका कारोबारको पहिलो दिन आइतबार भने सुनको भाउमा बढोत्तरी भएको थियो। यो दिन तोलामा ३०० रुपैयाँ बढ्दै प्रतितोला फाइन गोल्ड ९२ हजार ५०० रुपैयाँ र तेजाबी ९२ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।
आज मंगलबार चाँदीको भाउमा उछाल आएको छ। तोलामै एकैदिन ४० रुपैयाँ बढ्दै प्रतितोला चाँदीको मूल्य १ हजार ४० रुपैयाँ कायम भएको छ। चाँदीको यो मूल्य हालसम्मकै उच्च हो।
हिजो सोमबार चाँदीको भाउ ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार रुपैयाँ कायम भएको थियो।
8 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago