काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ आज मंगलबार पनि बढेको छ।
यो साता कारोबारको तेस्रो दिन मंगलबार सुनको भाउ तालामा ६०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको भाउ हिजो सोमबार पनि तोलमा ४०० रुपैयाँले बढेको थियो। यो बढोत्तरीसँगै हिजो प्रतितोला फाइन गोल्ड ९६ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ४०० रुपैयाँ पुगेको थियो।
गत आइतबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९६ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार रुपैयाँ कायम भएको थियो।
आज चाँदीको भाउ पनि २० रुपैयाँले बढेको छ। योसँगै मंगलबार चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँ कायम भएको छ।
चाँदीको भाउ हिजो सोमबार पनि १० रुपैयाँले बढेर तोलाको १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।
6 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago