काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ फेरि ह्वात्तै बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै १ हजार रुपैयाँले उकालो लागेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ७०० रुपैयाँ कायम भएको छ। 

हिजो बिहीबार भने सुनको भाउ तोलामा २०० रुपैयाँले ओरालो लागेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९६ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। 

गत बुधबार ९०० रुपैयाँले बढेको सुनको भाउ मंगलबार ४०० रुपैयाँले उकालो लागेको थियो। गत सोमबार सुनको भाउ स्थिर थियो भने आइतबार तोलामा ५०० रुपैयाँले बढेको थियो। 

गत साता अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला फाइन गोल्ड ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। यो हिसाबले यो साताभरि सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँ बढेको छ। 

आज चाँदीको भाउ तोलामै ४५ रुपैयाँ बढेर १ हजरा २५५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदीक १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो।

गत साता शुक्रबार चाँदीको भाउ तोलाको १ हजार १८० रुपैयाँ थियो। यो हिसाबले यो साताभरि चाँदीको भाउ तोलामा ७५ रुपैयाँले बढेको छ।