काठमाण्डौ । साताको पहिलो दिन स्थिर रहेको सुनको भाउ आज सोमबार उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै ८०० रुपैयाँ बढेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९५ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ८०० रुपैयाँ कायम भएको छ।
हिजो आइतबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार रुपैयाँमा कारोबा भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ बढेको छ। योसँगै आज प्रतितोला चाँदी १ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो चाँदीको भाउ पनि स्थिर रहँदै १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago