काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै १ हजार १०० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९६ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ९०० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। यो दिन प्रतितोला फाइन गोल्ड ९५ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
साताको पहिलो दिन आइतबार भने सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ। योसँगै आज प्रतितोला चाँदी १ हजार ३३५ रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार पनि चाँदीको भाउ तोलामै २५ रुपैयाँ बढेर १ हजार ३२५ रुपैयाँ कायम भएको थियो भने आइतबार भाउ स्थिर रहँदै १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
28 minutes ago
34 minutes ago
51 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago