काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९० हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ४०० रुपैयाँमा झरेको छ।
सुनको भाउ हिजो बिहीबार पनि तोलामा ४०० रुपैयाँ घटेर प्रतितोला फाइन गोल्ड ९१ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। साताको पहिलो दिन आइतबार तोलामा ६०० रुपैयाँ घटेको सुनको भाउ सोमबार तोलामा २०० रुपैयाँले घटेको थियो भने मंगलबार एकैदिन तोलामा १ हजार ५०० रुपैयाँ बढेको थियो। सुनको भाउ बुधबार भने स्थिर रहेको थियो।
आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ बढेर १ हजार ३२० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार तोलामा २५ रुपैयाँ घटेर चाँदी १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।
साताको पहिलो दिन आइतबार तोलामा २० रुपयाँ बढेको चाँदीको भाउ सोमबार ५ रुपैयाँ र मंगलबार २५ रुपैयाँ बढेको थियो।
समग्रमा यो साताभरि सुनको भाउ तोलामा ९०० रुपैयाँ र चाँदी ३० रुपैयाँले उकालो लागेका छन्।
2 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
6 hours ago
7 hours ago