काठमाण्डौ । सुनको भाउ आज बिहीबार पनि ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ८९ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ८५० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ८९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।
गत मंसिर तोलामै १ हजार १०० रुपैयाँ बढेको सुनको भाउ सोमबार स्थिर रहेको थियो भने आइतबार तोलामा ८०० रुपैयाँ बढेको थियो।
आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १ हजार ३५५ रुपैयाँ कायम भएको छ। हिजो बुधबार तोलामा १५ रुपैयाँ घटेर चाँदी १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो।
3 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
7 hours ago
7 hours ago