काठमाण्डौ । साताको चौथो कोरोबार दिन बुधबार सुनको भाउ फेरि उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ८७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ८७ हजार ५० रुपैयाँ कायम भएको छ। 

हिजो मंगलबार भने सुनको भाउ तोलामा एकैदिन १ हजार ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८७ हजार रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

गत सोमबार तोलामा ४०० रुपैयाँले बढेको सुनको भाउ आइतबार भने तोलामा ५०० रुपैयाँले ओरालो लागेको थियो। 

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ बढेर १ हजार ३१५ रुपैयाँ कायम भएको छ। हिजो मंगलबार तोलामा ४० रुपैयाँ घटेर १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलामा ५ रुपैयाँ बढेको थियो भने आइतबार १० रुपैयाँले घटेको थियो।