काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ८६ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार २५० रुपैयाँ कायम भएको छ। 

हिजो सोमाबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८७ हजार रुपैयाँमा र तेजाबी गोल्ड ८६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो। 

साताको पहिलो दिन आइतबार भने सुनको भाउ तोलामै ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८७ हजार २०० रुपैयाँमा र तेजाबी गोल्ड ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार २५० रुपैयाँमा झरेको छ। हिजो सोमबार तोलामा २० रुपैयाँ घटेको चाँदीको भाउ आइतबार भने ५ रुपैयाँले बढेको थियो।