काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ थोरै बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ८७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ८७ हजार ५० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो गिरावटसँगै हिजो प्रतितोला फाइन गोल्ड ८७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।
साताको पहिलो दिन आइतबार भने भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ८७ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै १ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सोमबार तोलामा ५ रुपैयाँ घटेको चाँदीको भाउ आइतबार भने स्थिर रहेको थियो।
8 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
13 hours ago
13 hours ago