काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ फेरि एक लाख रुपैयाँ नजिक पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ एकैदिन १ लाख ९०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड ९९ लाख ५०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार रुपैयाँ कायम भएको छ। 

हिजो मंगलबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ बढेर १ हजार ३७५ रुपैयाँ पुगेको छ। हिजो तोलामा ५ रुपैयाँ घटेर चाँदी १ हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो।

युक्रेनमा संकट गहिरिएसँगै सुनचाँदीको भाउ उकालो लाग्न थालेको हो। पश्चिमी देशहरुले रुसमाथि धेरै प्रतिबन्ध लगाएका छन् र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो आणविक शाखा सक्रिय गरेका छन्। यस्तो भूराजनीतिक तनावमा सुनलाई सुरक्षित लगानी मानिन्छ र यही कारण लगानीकर्ता सुनतर्फ आकर्षित भएका छन्। जसका कारण भाउ बढ्न थालेको हो। 

अन्तर्राष्ट्रि बजारमा पनि सुनको भाउ १.२ प्रतिशतले बढेको छ। हाल अन्तर्राष्ट्रिय बजार प्रतिऔँ सुनको भाउ १ हजार ९०९.८९ डलर पुगेको छ।