काठमाण्डौ । सुनको भाउमा लगातारको गिरावट आज बिहीबार ब्रेक लागेको छ। आज सुनको भाउ उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ३०० रुपैयाँ कायम भएको छ। 

पछिल्लो ३ दिनदेखि सुनको भाउ ओरालो लागेको थियो। सुनको भाउ बुधबार ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९६ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर १ हजार ३०५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो।