काठमाण्डौ । नेपाली बजारमा सुनको भाउमा उछाल आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै २ हजार ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार १०० रुपैयाँ तेजाबी गोल्ड १ लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ३६० रुपैयाँमा किबनेच भएको थियो।