काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। सुनको भाउले यसअघिको अलटाइम हाई ब्रेक गर्दै नयाँ कीर्तिमान कायम गरेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १३ हजार ५० रुपैयाँ कायम भएको छ।
आज कायम सुनको भाउ हालसम्मकै उच्च हो। यसअघि गत जेठ १९ गते सुनको भाउ हालसम्मकै उच्च स्तरमा पुगेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
हिजो पनि तोलामा ६०० रुपैयाँले बढेर प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि नयाँ उचाइमा पुगेको छ। तोलामा ५ रुपैयाँले बढेर आज चाँदीको भाउ १ हजार ४९५ रुपैयाँ कायम भएको छ।
हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो।
5 minutes ago
14 minutes ago
52 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago