काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ बढेर फेरि सर्वाधिक उचाइमा पुगेको छ।
यो साता कारोबारको चौथो दिन बुधबार सुनको भाउ तोलामा ६०० रुपैयाँ बढ्दै फेरि सर्वाधिक उपचाइमा पुगेको हो। यो बढोत्तरीसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ८०० रुपैयाँ तेजाबी गोल्ड ९२ हजार ३६० रुपैयाँ कायम भएको छ।
यसअघि गत साता बिहीबार सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त दिन तोलामै ९०० रुपैयाँ बढ्दै प्रतितोला फाइन गोल्ड ९२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ९६५ रुपैयाँ कायम भएको थियो।
हिजो मंगलबार तोलामा १०० रुपैयाँ घट्दै प्रतितोला फाइन गोल्ड ९२ हजार २०० रुपैयाँ र तोलामा १०५ रुपैयाँ घट्दै तेजाबी गोल्ड ९१ हजार ७६० रुपैयाँ कायम भएको थियो।
कोरोना महामारीका कारण एकातिर विश्व अर्थतन्त्र धराशायी बनेको छ भने अर्कोतिर सुनको भाउ दिनप्रतिदिन बढिरहेको छ। यतिबेला सुरक्षित लगानीका लागि लगानीकर्ताहरुले अन्य क्षेत्रमा भन्दा सुनमा पैसा खन्याइरहेका छन्। जसका कारण सुनको माग बढ्नुका साथै मूल्य पनि आकासिएको हो। यही कारण नेपालमा पनि सुनको भाउ बढिरहेको विश्लेषकहरु बताउँछन्।
नेपाली बजारमा चाँदीको भाउ पनि बुधबार सर्वाधिक उचाइमा पुगेको छ। आज तोलामा १० रुपैयाँ बढ्दै १ हजार ५ रुपैयाँ कायम भएको हो। हिजो मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँ बढ्दै ९९५ रुपैयाँ कायम भएको थियो।
7 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago