काठमाण्डौ । लगातार घटिरहेको सुनको भाउ आज मंगलबार उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँ बढेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ३०० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार सुनको भाउ तोलामा ८०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
गत आइतबार भने सुनको भाउ तोलामै २ हजार ३०० रुपैयाँले ओरालो लागेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ५०० रुपैयाँमा झरेको थियो।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेर १ हजार २५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४० रुपैयाँ घटेर १ हजार २३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ गत आइतबार भने तोलामै ६० रुपैयाँ घटेको थियो।
26 minutes ago
56 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago