काठमाण्डौ । साताको पहिलो दिन आइतबार सुनको भाउ उकालो लागेको छ।
गत साता निरन्तर ओरालो लागेको सुनको भाउ आज तोलामा ६०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९० हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १० हजार १५० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार तोलामै १ हजार १०० रुपैयाँ घटेर प्रतितोला फाइन गोल्ड ९० हजार रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो। गत साताभरि सुनको भाउ तोलामै २ हजार रुपैयाँ घटेको थियो।
आज चाँदीको भाउ पनि २० रुपैयाँले उकालो लागेर १ हजार ३१० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँ घटेर चाँदी १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो। गत साताभरि भने चाँदीको भाउ ५ रुपैयाँले बढेको थियो।
12 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago