काठमाण्डौ । लगातार बढिरहेको सुनको भाउ साताको पहिलो दिन आइतबार ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ९०० रुपैयाँमा झरेको छ। 

गत शुक्रबार भने सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार २०० रुपैयाँमा किनबेच भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ घटेर १ हजार २५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ५ रुपैयाँ बढेर चाँदी १ हजार २६० रुपैयाँमा किनबेच भएको थियो।