काठमाण्डौ । पहेँलो धातुु सुनको भाउ केही दिनदेखि अचाक्ली बढ्न थालेको छ । बिहीबार एकैदिन प्रतितोलामा ५ सय रुपैयाँले वृद्धि भएको भाउ शुक्रबार पनि थप ५ सय रुपैयाँले बढ्यो । 

बिहीबारसम्म ५४ हजार ९ सय प्रतितोलामा कारोबार भइरहेको सुनको भाउ शुक्रबार बढेर ५५ हजार ४ सय रुपैयाँ पुुगेको हो । सुनसँगै चाँदीको भाउ समेत बढेको छ । बिहीबार ७ सय ५० रुपैयाँ प्रति तोलामा किनबेच भइरहेको चाँदीको भाउ बढेर शुक्रबार ७ सय ५५ रुपैयाँ पुुगेको छ । सुन र चाँदीको शुक्रबार कायम मूल्य साउन महिनाकै उच्च हो । 

अमेरिका र उत्तर कोरियाबीच बढ्दो तनावका कारण अन्तराष्टिय बजारमा भाउ बढेको र त्यसको प्रभाव नेपाली बजारमा समेत परेको हो । यी दुुई देशबीचको बढ्दो तनावले राजनीतिक वातावरण बिग्रिएर यसको प्रभाव लगानीका अन्य क्षेत्रमा समेत परेको छ । सेयर तथा डलरमा लगानी गर्नेहरु समेत संभावित जोखिमबाट जोगिन ती क्षेत्रको लगानी झिकेर सुनमा लगानी बढाउन थालेका छन् ।

यहीकारण सुनको माग उच्च भई मूल्यमा समेत लगातार वृद्धि भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । उनका अनुसार अन्तराष्टिय क्षेत्रमा सुनको भाउ अझ माथि जाने प्रक्षेपण गरिएको छ । यसकारण सुनको भाउ अझ बढ्नेछ । योसँगै तिजको समयमा समेत नेपालको आन्तरिक बजारमा सुनका गरगहनाको माग बढ्ने हुँदा यसबाट समेत मूल्यवृद्धिमा थप टेवा पुुग्नेछ ।