काठमाण्डौ । लगातार बढिरहेको सुनको भाउ साताको अन्तिम कारोबार दिन शुक्रबार ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ४०० रुपैयाँमा घटेको छ।
हिजो बिहीबार सुनको भाउ तोलामै ६०० रुपैयाँ बढेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९३ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
समग्रमा यो साताभरि सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेको छ। गत शुक्रबार प्रतितोला फाइन गोल्ड ९२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज शुक्रबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार २६० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार २७५ रुपैयाँ कायम भएको छ।
यो साताभरि भने चाँदीको भाउ स्थिर देखिएको छ। गत शुक्रबार पनि चाँदी तोलाको १ हजार २६० रुपैयाँ नै कायम भएको थियो।
11 hours ago
13 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago