काठमाण्डौ । सनराइज बैंक लिमीटेडले सुनसरीको बराहक्षेत्र नगरपालिका वडानम्बर ६, मुनाल चौक, चक्रघट्टीमा आफ्नो २१ औँ शाखारहित बैंकिङ्ग सेवाको थालनी गरेको छ ।

सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन उद्योग वाणिज्य संघ, बराहक्षेत्र नगरपालिकाका अध्यक्ष सुरेन्द्रप्रसाद गुप्ताले एक समारोहका बीच गरेका बैंकले जनाएको छ ।

सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि दिनेश न्यौपानेलाई पोइन्ट अफ सेल मेसिन प्रदान गरिएको थियो ।

बैंकको झुम्का शाखाका प्रवन्धक नवीनकुमार झाले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्घेश्य प्रष्ट्याएका थिए । सो पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।  

योसँगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या २१ पुगेको छ र बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवामार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत बताइएको छ ।