काठमाण्डौ । सुनको भाउ आज मंगलबार फेरि ह्वात्तै घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै १ हजार ७०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ८७ हजार र तेजाबी गोल्ड ८६ हजार ५५० रुपैयाँमा झरेको छ। 

हिजो सोमबार भने सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८८ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

साताको पहिलो दिन आइतबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले ओरालो लागेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८८ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ८७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ घटेर १ हजार २९० रुपैयाँमा झरेको छ। हिजो तोलामा ५ रुपैयाँ बढेको चाँदीको भाउ आइतबार १० रुपैयाँले घटेको थियो।