काठमाण्डौ। नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ।
राष्ट्र बैंकले आज एकीकृत परिपत्र–२०७८ मा संशोधन गर्दै सुन आयातको कोटा घटाएको हो। नयाँ व्यवस्थाअनुसार अब दैनिक १० किलोग्राम सुनमात्र आयात गर्न पाइनेछ। यसअघि दैनिक २० किलोग्राम सुन आयात गर्न पाइने व्यवस्था थियो।
रुस–युक्रेन युद्धले पछिल्लो अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ। जसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको छ।
आजमात्रै सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ४०० रुपैयाँ कायम भएको छ।
पछिल्लो समय नेपालमा विदेशी विनिमय सञ्चिती घट्दो क्रममा छ। विदेशी विनिमय सञ्चितिको ठूलो हिस्सा सुन आयातमा प्रयोग हुन थालेपछि राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको हुन सक्ने जानकारहरु बताउँछन्।
7 minutes ago
50 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
13 hours ago
13 hours ago