काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ। योसँगै आज प्रतितोला फाइन गोल्ड ९१ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ८०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि १० रुपैयाँले ओरालो लागेर तोलाको १ हजार ३१० रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि तोलामा १५ रुपैयाँ घटेर चाँदी १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।