काठमाण्डौ । साताको दोस्रो दिन सोमबार पनि सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार १०० रुपैयाँ कायम भएको छ।
हिजो आइतबार पनि सुनको भाउ १०० रुपैयाँले बढेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९२ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामै ८० रुपैयाँ बढेको छ। योसँगै आज प्रतितोला चाँदी १ हजार ४०० रुपैयाँ कायम भएको छ।
हिजो आइतबार पनि चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेर १ हजार ३२० रुपैयाँ कायम भएको थियो।
18 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
13 hours ago
13 hours ago