काठमाण्डौ । नेपाली बजारमा सुनको भाउमा उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै १ हजार २०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड ९६ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार २०० रुपैयाँ कायम भएको छ। 

साताको पहिलो दिन आइतबार तोलामा १ हजार ५०० रुपैयाँ बढेको सुनको भाउ दोस्रो दिन सोमबार भने स्थिर रहेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९५ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार रुपैयाँमा कारोबार भएको थियो। 

फागुन लागेयता सुनको भाउ तोलामै ३ हजार २०० रुपैयाँले बढिसकेको छ। 

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ३२० रुपैयाँ कायम भएको छ। हिजो स्थिर रहँदै चाँदी १ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।