काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउमा भारी गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ७ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७ हजार ३०० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ३३५ रुपैयाँ कायम भएको छ।
हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ३४० रुपैयाँमा किनबेच भएको थियो।
6 minutes ago
17 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
13 hours ago
13 hours ago