काठमाण्डौ । सुनको भाउ आज बिहीबार उकालो लागेको छ।
नयाँ वर्ष २०७८ को पहिलो कारोबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ८९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ३५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत वर्षको अन्तिम कारोबार दिन मंगलबार सुनको भाउ तोलामा १०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८९ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामै ३० रुपैयाँ बढेर १ हजार २९० रुपैयाँ कायम भएको छ। गत चैत ३१ गते भने तोलामा १५ रुपैयाँ घटेर चाँदी १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो।
27 minutes ago
45 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago