काठमाण्डौ । साताको पहिलो दिन आइतबार सुनको भाउ ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले ओरालो लागेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९० हजार रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ५५० रुपैयाँमा झरेको छ। 

गत शुक्रबार सुनको भाउ १ हजार २०० रुपैयाँले ओरालो थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार २९० रुपैयाँमा झरेको छ। गत शुक्रबार तोलामै ३५ रुपैयाँले घटेर १ हजार ३०५ रुपैयाँ कायम भएको छ।