काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ५०० रुपैयाँ पुगेको छ।

हिजो सोमबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९६ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेर १ हजार ३१५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ घटेर चाँदी १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।